मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ...' जस्ता कहिल्यै नओइलाउने गीत र 'यो जिन्दगी खै के जिन्दगी' जस्ता कालजयी कविता लेख्ने स्रष्टा हरिभक्त कटुवालले यो संसार छाडेको ३५ वर्ष भयो। तर उनले लेखेका गीत सुन्दा र कविता पढ्दा अझै पनि हामीलाई ख्याउटे शरीर, तिखा आँखा अनि तिल र चामल मिसाए जस्तो कपाल भएको टाउको बोकी बेपरवाह तरिकाले काठमाडौंका सडकपेटीमा लर्खराउँदै हिँड्ने एउटा मानिसको झझल्को नआई छाड्दैन। नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो र त्यसप्रति असन्तोष बढ्दै थियो। त्यही क्रममा २०३६ सालमा ठूलै
हरिभक्त कटुवाल एक प्रसिद्ध साहित्यकार तथा गीतकार हुन्। हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो।
Comments
Post a Comment