Skip to main content

मन त फलामकै भए असल हुन्छ / हरिभक्त कटुवाल

मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो


एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
 त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।

Comments

Popular posts from this blog

हरिभक्त कटुवाल

हरिभक्त कटुवाल   एक प्रसिद्ध साहित्यकार तथा गीतकार हुन्। हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो। प्रारम्भिक जीवन कटुवाल जन्मेको डेढ़ वर्षमा ब्रह्मपुत्रमा आएको बाढीले उनको घरै भत्काइदियो। त्यसपछि कटुवालको परिवार घरबिहीन बन्यो। घरबिहीन बनेर कटुवाल परिवार यताउति भौंतारिहिड्यो। त्यतिमात्र होइन, त्यो घरमा सँधैभरि आर्थिक हाहाकारको बादल मड़ारिरह्यो। विवश थिए बीरबहादुर कटुवाल। आफ्नो श्रीमती र छोरा हरिभक्त कटुवाललाई बिरालुले बच्चा सारेजस्तो कहिले यता, कहिले उता सारिहिँड़े बीरबहादुरले। तर, यो सायदै दैवको परीक्षा थियो, तिनीहरू जतासुकै गए पनि आर्थिक अभावको बादल तिनीहरूमाथिनै मड़ारिरह्यो। त्यतिखेरदेखिको त्यो अवस्था पछिसम्मै रहिरह्यो। आर्थिक अभावको खाड़ल झन् ठूलो, झन् ठूलो हुँदै गइरह्यो, घटेन, सानो भएन। यद्यपि, बीरबहादुर कटुवालले छोरालाई अक्षर चिन्हाउनुपर्छ भन्ने कुरा बिर्सेनन्। यस्तो स्थितिमा पनि तिनले छोरालाई स्थानीय स्कूलमै भए पनि पढ्न पठाए। कटुवालले स्थानीय स्कूलमै क, ख पढ़े। असमियाभाषामै स्...

कवि कटुवालको घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ...' जस्ता कहिल्यै नओइलाउने गीत र 'यो जिन्दगी खै के जिन्दगी' जस्ता कालजयी कविता लेख्ने स्रष्टा हरिभक्त कटुवालले यो संसार छाडेको ३५ वर्ष भयो। तर उनले लेखेका गीत सुन्दा र कविता पढ्दा अझै पनि हामीलाई ख्याउटे शरीर, तिखा आँखा अनि तिल र चामल मिसाए जस्तो कपाल भएको टाउको बोकी बेपरवाह तरिकाले काठमाडौंका सडकपेटीमा लर्खराउँदै हिँड्ने एउटा मानिसको झझल्को नआई छाड्दैन। नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो र त्यसप्रति असन्तोष बढ्दै थियो। त्यही क्रममा २०३६ सालमा ठूलै

पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का भरि आँगनैमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसँगै फक्री आँगनैमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है । कति कति आँखाहरु बाटो छेक्न आँउछन, परेलीमा बास माग्न कति आँखा धाँउछन यति धेरै मानिसका यति धेरै आँखाहरु, मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है। उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो, मनको शान्त तलाउको पानी कसले चलायो आँफैंलाई थाहा छैन कसलाई थाहा होला, यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है। शब्द - हरिभक्त कटुवाल स्वर - नारायण गोपाल संगीत - अम्बर गुरुङ एल्बम - प्रेयसीका यादहरु