Wednesday, March 16, 2016

यो दुई थोपा आँसु

यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसु
होला कि नहोला
दुख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु
भोलि रमाउन कसैकोमा आँसु
होला कि नहोला
भन्न नसकेका बोलिदिन्छ आँसु
पीर बाँधिएका खोलिदिन्छ आँसु
भोलि पीर पोख्न कसैकोमा आँसु
होला कि नहोला
बितेका दिनको कथा लेख्छ आँसु
मिलन बिछोडको व्याथा लेख्छ आँसु
भोलि लेख्नलाई कसैकोमा आँसु
होला कि नहोला
शब्द - हरिभक्त कटुवाल
स्वर - साधना सरगम/कुमार सानु
संगीत - रनजीत गजमेर
चलचित्र - दुई थोपा आँसु

No comments:

Post a Comment