Wednesday, March 16, 2016

हाँगाहाँगा वनभरि चैत फुलेछ

हाँगाहाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ
कताकता कसैलाई भेटेभेटे झैं
संग्लो पानी पिई तिर्खा मेटेमेटे झैं
कोहो कोहो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ
एक जोडी आँखा सधैं हाँसु हाँसु झैं
एउटा माला फूल टिपी गाँसु गाँसु झैं
कसोकसो बिहानीको निद खुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ
शब्द - हरिभक्त कटुवाल
स्वर - अरुणा लामा
संगीत - कमलमणि क्षेत्री
'बदनाम मेरा यी आँखाहरु'बाट

No comments:

Post a Comment